अपडेट

भीमफेदीमा माइक्रोबस दुर्घटना, १० जना गम्भीर घाइते

विहीबार, २६ कार्तिक २०८३, ०८ : २६

काठमाडौं- काठमाडौंबाट सर्लाहीतर्फ जाँदै गरेको माइक्रोबस मकवानपुरको भीमफेदीमा दुर्घटना हुँदा १० जना गम्भीर घाइते भएका छन् । दुर्घटनामा परेका अन्य यात्रुको खोजी तथा उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

घटनास्थलमा रहेका नेपाल प्रहरीका सई दीपेन्द्र ढकालका अनुसार दुर्घटनामा १० जना गम्भीर घाइते भएका छन् । भीरमा माइक्रोबस खसेका कारण बेपत्ता तथा अन्य यात्रुको खोजीमा कठिनाइ भइरहेको उनले जानकारी दिए ।

मकवानपुर प्रहरीका अनुसार बिहीबार बिहान करिब पौने ६ बजे काठमाडौं–कुलेखानी–भीमफेदी सडकखण्डअन्तर्गत भीमफेदी गाउँपालिका–६ स्थित चिसापानी गढी नजिकै माइक्रोबस दुर्घटनामा परेको हो ।

प्रहरीका अनुसार माइक्रोबस सडकबाट करिब ५०० मिटर तल खसेको छ । दुर्घटनामा घाइते भएकाहरूको नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीको टोलीले उद्धार गरिरहेको छ ।

विहीबार, २६ कार्तिक २०८३, ०८ : २६

प्रतिक्रिया