आज कुन राशिलाई कस्तो ? हेर्नुहोस् राशिफल

विहीबार, २६ कार्तिक २०८३, ०८ : १२

आजको राशिफल

मेष (चू, चे, चो, ला, लि, लू, ले, लो, अ) :
समयले साथ दिने हुँदा सानो प्रयत्नले पनि राम्रा तथा परिणाममुखी काम गर्न सकिनेछ । धार्मिक कार्यमा मन जानेछ, साथै संस्कार परिवर्तनमा तपाईँको भूमिका महत्त्वपूर्ण हुनेछ । धार्मिक तथा शैक्षिक यात्राको प्रशस्त सम्भावना रहेको छ । प्रशासनिक क्षेत्रमा तपाईँको उच्च स्तरको सहभागिता रहनेछ । प्रेममा रमाउन चाहनेहरूका लागि समय अनुकूल छ । बिहानको समयमा सवारीसाधन प्रयोग गर्दा विशेष ध्यान दिनुहोला ।

वृष (ई, ऊ, ए, ओ, वा, वी, वू, वे, वो) :
पढाइलेखाइकै सवालमा विदेश यात्रा तय हुनेछ । मायाप्रेमको सम्बन्धलाई विवाहमा परिणत गर्ने सहमति जुट्नेछ । समयको सदुपयोग गर्दै परिवार तथा आफन्तका साथ समय व्यतीत हुनेछ । रमाइलो ठाउँको भ्रमण गर्ने अवसर मिल्नेछ । व्यापारमा बढोत्तरीको योग छ । यद्यपि, घरपरिवार तथा आफन्तबाट छुट्टिएर यात्रा गर्नुपर्दा मन केही खिन्न हुन सक्छ ।

मिथुन (का, की, कू, घ, ङ, छ, के, को, हा) :
एकल तथा साझेदारी व्यवसायमा तत्काल लगानी नगर्नु नै राम्रो हुनेछ । लगानी गर्दा साझेदारहरूबीच मतभेद बढ्न सक्छ । भौतिक सम्पत्ति तथा विलासी वस्तुहरूको प्रयोग गर्दा ख्याल गर्नुहोला, अप्रिय घटना घट्न सक्छ । मायाप्रेममा नजिक हुँदा विवाद हुने तथा दाम्पत्य जीवनमा चिसोपनको विकास हुने सम्भावना छ । यात्रा तथा मनोरञ्जनमा समय व्यतीत हुनेछ । अध्ययनका लागि बिहानको समय उत्तम रहेको छ ।

कर्कट (ही, हू, हे, हो, डा, डी, डु, डे, डो) :
मायाप्रेम तथा पारिवारिक जीवन सन्तोषप्रद हुनेछ । विद्या र बुद्धिको प्रयोगमार्फत मनग्गे आम्दानी गर्न सकिनेछ । प्रतिस्पर्धा तथा यस्तै क्रियाकलापमा भाग लिई नाम कमाउन सफल हुनुहुनेछ । पुराना ऋण चुक्ता गर्न सकिनेछ, साथै पुराना रोगहरू स्वतः निको भएर जानेछन् । व्यापार विस्तार गरी आर्थिक लाभ लिन सकिनेछ ।

सिंह (मा, मी, मू, मे, मो, टा, टी, टू, टे) :
विलासिताका कारण खर्च बढे तापनि भौतिक सम्पत्ति तथा उपहार प्राप्तिको गतिलो योग रहेको छ । आर्थिक समस्या सुल्झाउँदै लगानी बढाउन सकिनेछ । वंश वृद्धिको योग छ । बौद्धिकताले सम्मान दिलाउनेछ । अध्ययन वा कामलाई थाँती राख्दै यात्रामा निस्कन सकिनेछ । आफन्त तथा साथीभाइसँग मिस्टान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ ।

कन्या (टो, पा, पी, पू, ष, ण, ठ, पे, पो) :
आमा, आफन्त तथा सहयोगीबाट अपेक्षा गरेजस्तै सहयोग पाइने हुँदा मन प्रसन्न रहनेछ । घरजग्गा तथा सवारीसाधन जोड्न सकिनेछ । समाजमा जनहितका काम गर्दा पद र प्रतिष्ठा कमाउन सकिनेछ । कृषि तथा पशुपालन व्यवसायबाट राम्रो आम्दानी हुनेछ । मायाप्रेममा नजिक भई आफ्ना भावना साटासाट गर्न सकिनेछ । व्यापारमा गरिएको लगानीबाट थोरै भए पनि लाभ लिन सकिनेछ ।

तुला (रा, री, रु, रे, रो, ता, ती, तू, ते) :
मायाप्रेममा सामीप्यता बढेर जानेछ । मिल्ने साथीको सहयोगले रोकिएर बसेका कामहरू बन्नुका साथै नयाँ कामको थालनी हुनेछ । छिमेकीहरूमाझ राम्रो काम गरी प्रसिद्धि कमाउन सकिनेछ । सामाजिक सम्बन्धहरू सुदृढ भएर जानेछन् । दाजुभाइ तथा बन्धुबान्धवको सहयोग पाइने हुनाले जोसिलो काम गर्ने जाँगर आउनेछ । सानो प्रयत्नले राम्रो काम गरी फाइदा लिन सकिनेछ, प्रतिस्पर्धीहरू परास्त हुनेछन् ।

वृश्चिक (तो, ना, नी, नू, ने, नो, या, यी, यू) :
कार्यक्षेत्रमा तपाईँको निर्णयको उच्च सम्मान गरिनेछ । विशिष्ट व्यक्तिमार्फत सम्मान पाउने योग रहेको छ । व्यापार–व्यवसाय फस्टाएर जानेछ । मायाप्रेममा सामीप्यता बढ्नेछ भने पतिपत्नीबीच मायाको डोरो कसिलो भएर जानेछ । साथीभाइसँगको रमाइलो बसाइमा स्वादिष्ट भोजनका साथ समय व्यतीत गर्न सकिनेछ । व्यापारमा लगानी गरी थोरै भए पनि आम्दानी गर्न सकिनेछ ।

धनु (ये, यो, भा, भी, भू, ध, फा, ढा, भे) :
परिवारका साथ रमाइलो वातावरणमा स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । मिहिनेत गर्दा आँटेको काम बन्नेछ । जुझारु कार्यशैलीले लक्ष्य तथा गन्तव्य पहिल्याउन सहज बनाउनेछ । व्यवसाय फस्टाउनेछ, लगानीको नयाँ वातावरण बन्नेछ र आम्दानीमा बढोत्तरीको योग रहेको छ । राजनीतिमा पद प्राप्तिको सम्भावना छ । व्यापारको लगानीबाट सोचेजस्तै आम्दानी गर्न सकिनेछ ।

मकर (भो, जा, जी, जू, जे, जो, ख, खी, खू, खे, खो, गा, गी) :
लामो दूरीको शैक्षिक यात्रा हुने योग रहेको छ । शुभ तथा माङ्गलिक काममा रुपैयाँ–पैसा खर्च हुनेछ । अध्ययनमा मन जानेछ भने शैक्षिक क्षेत्रमा लगानी गर्नेहरूका लागि समय उत्तम रहेको छ । प्रेममा रमाउन चाहनेहरूका लागि पनि समय अनुकूल छ । धर्मकर्ममा मन जानेछ र बिहानको समयमा धार्मिक क्षेत्रको भ्रमण हुन सक्छ । व्यापारमा गरिने लगानीबाट आम्दानी गर्न सकिनेछ ।

कुम्भ (गू, गे, गो, सा, सी, सू, से, सो, दा) :
विशिष्ट व्यक्तिहरूको विचारले प्रभावित बनाउनेछ । सामाजिक काममा विशेष रुचि बढ्नेछ । राजनीति तथा समाजसेवामा समय दिन सक्दा नाम तथा दाम दुवै कमाउन सकिनेछ । प्रणय सम्बन्धमा एकअर्कालाई विश्वास गर्दै अगाडि बढ्न सकिनेछ । कृषि तथा पशुपालन व्यवसायलाई परिमार्जन गरी आम्दानीका स्रोत बढाउन सकिनेछ । यात्रा, खानपान तथा मनोरञ्जनमा समय व्यतीत हुनेछ ।

मीन (दी, दू, थ, झ, ञ, दे, दो, चा, ची) :
राजनीति तथा समाजसेवामा जनताको साथ र समर्थन पाइनेछ । व्यापारमा आम्दानी हुनाले आर्थिक स्थिति सुदृढ हुनेछ । कृषि तथा पशुपालन व्यवसाय फस्टाएर जानेछ । अध्ययनमा राम्रो सफलता हात लाग्नेछ । प्रणय सम्बन्धको डोरो कसिलो भएर जानेछ । पैत्रिक तथा सरकारी सम्पत्तिको प्रयोग गर्न पाइने हुँदा मन प्रसन्न हुनेछ । यात्रा तथा खानपानमा समय व्यतीत हुनेछ ।

विहीबार, २६ कार्तिक २०८३, ०८ : १२

प्रतिक्रिया