मौसम पूर्वानुमान

आज कस्तो रहला देशभरको मौसम ?

विहीबार, २६ कार्तिक २०८३, ०८ : १९

काठमाडौं- नेपालमा हाल माथिल्लो वायुमण्डलमा सक्रिय न्युनचापीय प्रणालीका कारण मौसममा प्रभाव देखिएको छ। 

देशका हिमाली र पहाडी भू(भागमा आंशिक बादलीको अवस्था रहेको छ भने अन्य भू(भागको मौसम मुख्यतया सफा छ। हाल कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भू(भागका एक(दुई स्थानमा हल्का वर्षा भइरहेको छ।

आज बिहीबार पनि देशका हिमाली र पहाडी भू(भागमा आंशिक बदली रहनेछ। तराई क्षेत्रमा भने मौसम मुख्यतया सफा रहनेछ। यसैगरी, कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू(भागका एक(दुई स्थानमा हल्का वर्षा हुने सम्भावना रहेको छ।

विहीबार, २६ कार्तिक २०८३, ०८ : १९

प्रतिक्रिया