काठमाडौं- नक्कली भुटानी शरणार्थी प्रकरणमा जेल सजाय भुक्तान गरिरहेका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी रिहा भएका छन् । उनी बिहीबार बिहान डिल्लीबजार कारागारबाट मुक्त भएका हुन् ।
६५ वर्ष उमेर पूरा भएपछि ज्येष्ठ नागरिकले पाउने कैद छुट सुविधाअन्तर्गत रायमाझी रिहा भएका हुन् । उनलाई कैदमुक्त गर्न काठमाडौं जिल्ला अदालतले कारागार कार्यालयलाई पत्राचार गरेको थियो ।
रायमाझीले दिएको निवेदनका आधारमा अदालतले ज्येष्ठ नागरिकसम्बन्धी कानुनी व्यवस्थाअनुसार कैदमुक्त गर्न आदेश दिँदै संशोधित कैदीपुर्जी कारागार कार्यालयमा पठाएको थियो । सोही पत्रका आधारमा उनी बिहीबार बिहान कारागारमुक्त भएका हुन् ।
प्रतिक्रिया