काठमाडौं- नवलपरासी स्थित पवित्र तीर्थस्थल गजेन्द्रमोक्ष दिव्यधाम, त्रिवेणीधाममा आगामी मंसिर १ गतेदेखि २९ गतेसम्म आयोजना हुने ‘श्रीगजेन्द्रमोक्ष नारायण वैभव विराट महायज्ञ २०८३’ अन्तर्गत विशेष सामूहिक पितृ उद्धार अनुष्ठान समेत हुने भएको छ ।
अनन्त श्री विभूषित मुक्तिनाथ पीठाधीश्वर स्वामी कमलनयनाचार्य ९मुक्तिनाथ बाबा० को पावन सत्संकल्पमा आयोजना हुन लागेको उक्त महायज्ञका अवसरमा मंसिर २० गतेदेखि २२ गतेसम्म ९त्रिदिवसीय० विशेष सामूहिक पितृ उद्धार अनुष्ठान गरिने महायज्ञ प्रचारप्रसार समितिका संयोजक अच्युतकृष्ण शरणले जानकारी दिए ।
हालैको भोटेकोशी बाढी, जेनजी आन्दोलन तथा विगतका विभिन्न आन्दोलनमा ज्यान गुमाएका व्यक्तिहरूका साथै नेपालमा विभिन्न समयमा भएका भूकम्प, बाढी, पहिरो लगायतका दैवी तथा प्राकृतिक विपद् र अन्य कारणबाट असामयिक निधन भएका सम्पूर्ण दिवंगत आत्माहरूको सद्गति, चिरशान्ति एवं परम कल्याणको कामना गर्दै उक्त विशेष अनुष्ठान आयोजना गर्न लागिएको अच्युतकृष्णले बताए ।
वैदिक शास्त्रीय विधि र परम्परा अनुसार दिवंगत आत्माहरूको शान्ति, सद्गति तथा पितृ उद्धारको संकल्पसहित सामूहिक नारायणबली, तर्पण, होम, पिण्डदानलगायत आवश्यक धार्मिक अनुष्ठानहरू सम्पन्न गरिने उनको भनाई छ ।
यस विशेष अनुष्ठानमा आफ्ना दिवंगत परिवारजन तथा आफन्तका नाममा संकल्प गराउन इच्छुक श्रद्धालु भक्तजनले दिवंगत व्यक्तिको तस्बिर तथा मृत्यु भएको तिथिमिति महायज्ञ सम्पादन समितिसँग समन्वय गरी उपलब्ध गराउनु पर्नेछ ।
महायज्ञ अवधिभर धार्मिक, आध्यात्मिक, सांस्कृतिक तथा राष्ट्रिय महत्वका विविध कार्यक्रमहरू सञ्चालन हुनेछन् । महायज्ञका प्रमुख आकर्षणका रूपमा विशाल धनधान्याचल अष्टाचल, सनातन वैदिक धर्म महासम्मेलन, चारै वेद, उपनिषद्, अठार पुराण, श्रीमद्वाल्मीकिय रामायण, महाभारत, दिव्यप्रबन्ध तथा विभिन्न स्तोत्रादि सत्शास्त्रहरूको पाठपारायण रहनेछन् ।
यसका अतिरिक्त श्रीगजेन्द्रमोक्षस्तोत्र, श्रीविष्णुसहस्रनाम एवं मूल रामायणको सहस्रावृत्र् िपारायण, सयौँ गौमाताहरूको सामूहिक पूजन, सामूहिक श्रीशालग्राम तथा गण्डकी पूजन, कन्या तथा बटुक पूजन, दैनिक योग तथा ध्यान शिविर र पाँच करोड दीप प्रज्ज्वलन जस्ता विशेष धार्मिक कार्यक्रम समेत आयोजना गरिनेछन् ।
त्यसैगरी वैदिक वाङ्मयको संरक्षण, गोवंश संरक्षण एवं श्रीसमृद्धिको कामनासहित श्रीपञ्चमहलक्ष्मी हवन तथा आराधना, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्यातिप्राप्त धर्माचार्य, विद्वान् एवं विदुषीहरूबाट शास्त्रीय प्रवचन, राष्ट्रियस्तरका धार्मिक कलाकारहरूद्वारा भजन कीर्तन, देवलीला, झाँकी तथा चेतनामूलक नाटक प्रदर्शन गरिने कार्यक्रम रहेको छ ।
साथै तीर्थमयी नेपाल आमाको महिमा, देवदेश श्रीनेपालको जलसम्पदा तथा प्राकृतिक एवं सांस्कृतिक सम्पदाको महत्व बारे विशेष प्रवचनसमेत सञ्चालन गरिनेछ ।
‘यस महायज्ञले नेपालको सनातन धर्म, संस्कार, संस्कृति, वैदीक सभ्यता, अध्यात्म, प्रकृति संरक्षण तथा सनातन वैदिक परम्पराको प्रवद्र्धन गर्दै जनजनमा धार्मिक चेतनाको अभिवृद्धि गर्नुका साथै सामाजिक सद्भाव र राष्ट्रिय एकताको सन्देश प्रवाह गर्नेछ’, अच्युतकृष्ण शरणले भने ।
प्रतिक्रिया