सुक्खा  पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध

आइतबार, २२ कार्तिक २०८३, १३ : ११

काठमाडौं- पृथ्वी राजमार्गअन्तर्गत इच्छाकामना गाँउपालिका(४ स्थित घोप्टेभीरमा सुक्खा पहिरो खस्दा दुईतर्फी रूपमा सडक अवरुद्ध भएको छ । आज बिहान करिब १०ः०० बजे पहिरो खसेको थियो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरीक्षक अनिल थापाका अनुसार पहिरो पन्छाउने काम भइरहेको छ । उनले भने, “थप पहिरो खसेन भने छिट्टै सडक दुईतर्फी सञ्चालनमा आउँछ ।” सडकमा पहिरो खसेपछि सवारीसाधन रोकिएका छन् ।

आइतबार, २२ कार्तिक २०८३, १३ : ११

प्रतिक्रिया