काठमाडौं- हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार अहिले देशका हिमाली र पहाडी भू(भागमा आंशिक बादल लागेको छ भने तराई भू(भागको मौसम मुख्यतया सफा छ।
शुक्रबार पनि देशका हिमाली र पहाडी क्षेत्रमा आंशिक बदली रहने तथा तराईको मौसम मुख्यतया सफा रहने महाशाखाको पूर्वानुमान छ। यसैगरी, आज देशका हिमाली भू(भागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको समेत सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ।
प्रतिक्रिया