भक्तपुर– बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले घ्याम्पेडाँडा हुँदै रानीकोटगढी जाने सडकको स्थलगत निरीक्षण गरेका छन् ।
भक्तपुरको सूर्यविनायक नगरपालिका–८ स्थित उक्त सडक हिजोको वर्षाले क्षति पुर्याएका कारण उनले आज सो क्षेत्रको अवलोकन गरेका हुन्।
त्यस अवसरमा मुख्यमन्त्री थापाले भक्तपुरको महत्वपूर्ण ऐतिहासिक, धार्मिक तथा पर्यटकीय गन्तव्यका रूपमा रहेको उक्त सडकलाई सुरक्षित, सहज र व्यवस्थित बनाउन ध्यान दिइने बताए ।
प्रतिक्रिया