अपडेट

सर्वोच्च अदालतमा चार न्यायाधीश नियुक्त

शुक्रबार, २७ कार्तिक २०८३, १३ : ०२

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतमा चार जना न्यायाधीश नियुक्त गरेका छन्।

नेपालको संविधानको धारा १२९ को उपधारा (२) बमोजिम न्याय परिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले उच्च अदालतका मुख्य न्यायाधीश तथा न्यायाधीशहरूलाई सर्वोच्च अदालतको न्यायाधीश पदमा नियुक्त गरेका हुन्।

राष्ट्रपतिको कार्यालयका अनुसार डा। रत्नबहादुर बागचन्द, चन्द्रबहादुर सारु, जनक पाण्डे र गोकर्ण डाँगी सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त भएका छन्।

यसअघि संसदीय सुनुवाइ समितिले उनीहरूको नाम अनुमोदन गरेको थियो। सुनुवाइ समितिबाट स्वीकृत भएपछि राष्ट्रपतिले उनीहरूलाई सर्वोच्च अदालतको न्यायाधीश पदमा नियुक्त गरेका हुन्।

शुक्रबार, २७ कार्तिक २०८३, १३ : ०२

प्रतिक्रिया