सबै संकायमा सेमेस्टर प्रणाली लागू गर्ने त्रिविको तयारी

शुक्रबार, २७ कार्तिक २०८३, १५ : १०

काठमाडौं - मुलुकके जेठो त्रिभुवन विश्वविद्यालय (त्रिवि) का सबै संकायमा सेमेस्ट प्रणाली लागू गर्ने तयारी गरिएको छ। 

शुक्रबार सिंहदरबारस्थित शिक्षा तथा खेलकुद मन्त्रालयमा यसबारे छलफल भएको छ। छलफलमा त्रिविका उपकुलपति प्रा।डा। भोला थापा, शिक्षामन्त्रीका सल्लाहकार शैलेन्द्र झा, विश्वविद्यालयका शिक्षाध्यक्ष प्रा.डा. अन्जना  सिंह, रजिस्ट्रार डा. रविन्द्र शिवाकोटी, मन्त्रालयका सहसचिवद्वय जयराम अधिकारी र श्रीप्रसाद भट्टराई तथा विश्वविद्यालयका डीनहरू सहभागी थिए।

छलफलमा त्रिविको संस्थागत ब्रान्ड स्थापित गर्ने, अनुसन्धानमूलक गतिविधिलाई प्रोत्साहन गर्ने, पठनपाठनको प्रभावकारिता बढाउने र शैक्षिक क्षमताका आधारमा विद्यार्थी कोटा निर्धारण गर्ने विषयमा जोड दिइएको छ। यससँगै शैक्षिक गुणस्तर सुधार, परीक्षा प्रणाली व्यवस्थित गर्ने तथा उच्च शिक्षामा सुधार ल्याउने विषयमा छलफल भएको जनाइएको छ। 


त्रिविका उपकुलपति प्रा.डा. थापाले विश्वविद्यालयको शैक्षिक गुणस्तर सुधार गर्दै त्रिभुवन विश्वविद्यालयलाई उत्कृष्टताको केन्द्रका रूपमा विकास गर्न विश्वविद्यालय प्रतिबद्ध रहेको बताए। उनले नेपालको उच्च शिक्षा सुधारका लागि मन्त्रालयसँग समन्वय गरी विस्तृत कार्ययोजनासहित अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे। 


 

शुक्रबार, २७ कार्तिक २०८३, १५ : १०

प्रतिक्रिया