काठमाडौं- सरकारले छठ पर्वको अवसरमा दिइएको सार्वजनिक बिदा एक दिन थप गरेको छ। गृह मन्त्रालयले छठ पर्वको भोलिपल्ट अर्थात् आगामी सोमबार पनि सार्वजनिक बिदा दिने निर्णय गरेको हो।
मन्त्रालयले सार्वजनिक गरेको सूचनाअनुसार २०८३ कात्तिक २९ गते आइतबार छठ पर्वको सार्वजनिक बिदा रहेकामा त्यसको भोलिपल्ट कात्तिक ३० गते सोमबार पनि सार्वजनिक बिदा दिइएको छ।
छठ पर्वमा पहिलो दिन अस्ताउँदो सूर्यलाई अर्घ दिने र भोलिपल्ट उदाउँदो सूर्यलाई अर्घ दिएर व्रत समापन गर्ने धार्मिक परम्परा छ। यही परम्परालाई ध्यानमा राख्दै सरकारले छठ पर्वको भोलिपल्ट पनि सार्वजनिक बिदा दिने निर्णय गरेको गृह मन्त्रालयले जनाएको छ।
गृह मन्त्रालयका सहसचिव तथा प्रवक्ता आनन्द काफ्लेद्वारा हस्ताक्षरित सूचनामार्फत सम्बन्धित सबैलाई यसबारे जानकारी गराइएको छ।

प्रतिक्रिया