अपडेट

सुनचाँदीको मूल्यमा निरन्तर गिरावट, आज प्रतितोला कति पुग्यो ?

बुधबार, ०२ मंसिर २०८३, ११ : ०८

काठमाडौं- नेपाली बजारमा सुनको मूल्यमा एकैदिन ठूलो गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ६ हजार ३०० रुपैयाँले घटेको हो।

मूल्य घटेसँगै आज सुन प्रतितोला २ लाख ६० हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन सुन प्रतितोला २ लाख ६७ हजार २०० रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, चाँदीको मूल्य पनि घटेको छ। अघिल्लो दिन प्रतितोला ३ हजार ४९० रुपैयाँ रहेको चाँदी आज ११० रुपैयाँले घटेर ३ हजार ३८० रुपैयाँ कायम भएको महासंघले जनाएको छ।

महासंघका अनुसार आज सुन प्रतिदश ग्राम २ लाख २३ हजार ६८० रुपैयाँ र चाँदी प्रतिदश ग्राम २ हजार ८९८ रुपैयाँमा कारोबार भइरहेको छ।

बुधबार, ०२ मंसिर २०८३, ११ : ०८

प्रतिक्रिया