द्रुतमार्गको सुरुङ ‘ब्रेक थ्रु’ कार्यक्रममा सहभागी हुन राष्ट्रपति मकवानपुरमा

बुधबार, ०२ मंसिर २०८३, ११ : ५७

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेल काठमाडौँ–तराई÷मधेस द्रुतमार्गअन्तर्गत मकवानपुरको महादेवटारस्थित सुरुङ छिचोल्ने  (ब्रेक थ्रु) कार्यक्रममा सहभागी हुन आज मकवानपुर आएका छन् । उनि द्रुतमार्गको  निरीक्षणमा समेत सहभागी हुने कार्यक्रम छ । 

नेपाली सेनाको हेलिकप्टरबाट महादेवटारस्थित द्रुतमार्गको निर्माण व्यवस्थापन केन्द्रमा अवतरण भएका राष्ट्रपति पौडेललाई बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटा, मकवानपुरका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीलगायत उच्च अधिकारीले स्वागत गरेका थिए ।

बुधबार, ०२ मंसिर २०८३, ११ : ५७

प्रतिक्रिया