बैंकहरुको मुद्दति निक्षेपमा २५ अर्ब ७ करोड लगानी गर्दै राष्ट्र बैंक

बुधबार, ०९ मंसिर २०८३, १६ : ४७

काठमाडौं- नेपाल राष्ट्र बैंकले बैंकहरुको मुद्दति निक्षेपमा लगानी गर्ने भएको छ।

केन्द्रीय बैंकको विभिन्न कोषमा रहेको २५ अर्ब ७ करोड ४७ लाख रुपैयाँ बैंकहरुको मुद्दति निक्षेपमा लगानी गर्न लागिएको हो। 

यसका लागि बैंकले मंसिर ११ गते राति १२ बजेसम्म ब्याजदर प्रस्ताव गर्न सक्नेछन्।

कुल रकममध्ये राष्ट्र बैंकले वाणिज्य बैंकमा २० अर्ब ५ करोड ९८ लाख रुपैयाँ, राष्ट्रियस्तरका विकास बैंकमा ३ अर्ब ७६ करोड १२ लाख रुपैयाँ र राष्ट्रियस्तरका वित्त कम्पनीमा १ अर्ब २५ करोड ३७ लाख रुपैयाँ मुद्दति निक्षेपका रुपमा लगानी गर्नेछ।

बुधबार, ०९ मंसिर २०८३, १६ : ४७

प्रतिक्रिया