नेप्सेमा नेपाल ल्युब आयलको १ लाख ४५ हजार कित्ता बोनस शेयर सूचीकृत

बुधबार, ०९ मंसिर २०८३, १५ : ५३

काठमाडौं- नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एक कम्पनीको बोनस शेयर सूचीकृत भएको छ ।

नेपाल ल्युब आयलको २० प्रतिशत दरको कुल १ लाख ४५ हजार ७२५ कित्ता बोनस शेयर सूचीकृत भएको हो । योसँगै कम्पनीको कुल सूचीकृत शेयर संख्या १० लाख ६ हजार ९०४ कित्ता पुगेको छ ।

सूचीकृत उक्त शेयर भोलिदेखि दोस्रो बजारमा कारोबारमा आउनेछ ।

बुधबार, ०९ मंसिर २०८३, १५ : ५३

प्रतिक्रिया