कान्तिपुर फर्मास्युटिकल्सले आईपीओ भोलिदेखि आईपीओ जारी गर्दै

बुधबार, ०९ मंसिर २०८३, १३ : ३७

काठमाडौं- कान्तिपुर फर्मास्युटिकल्सले कम्पनीले भोलि मंसिर १० गतेबाट आईपीओ निष्काशन गर्ने भएको छ । 

कम्पनीले पहिलो चरणमा स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेकाहरूलाई सेयर निष्काशन गर्न लागेको हो । 

आयोजना प्रभावितको लागि आठ लाख कित्ता र ९० हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेकाका लागि निष्कासन गर्ने भएको छ ।

काभ्रेपलान्चोक पाँचखाल नगरपालिका वडा सातका स्थानीय बासिन्दाले यस सेयरमा मंसिर २४ गतेसम्म आवेदन दिन पाउनेछन् । यदी सो अवधिमा सेयर बिक्री नभएमा भने पुस १३ गतेसम्म यसको बिक्री खुला रहनेछ । स्थानीयले १० देखि १० हजार कित्तासम्म आवेदन दिन पाउनेछन् । 

त्यस्तै, वैदेशिक रोजगारीमा रहेकाहरूले मंसिर १५ गतेसम्म आवेदन दिनुपर्ने छ । यो समूहको लागि छुट्याइएको सेयर बिक्री नभएमा मंसिर २४ गतेसम्म बिक्री खुला हुनेछ । वैदेशिक रोजगारीमा रहेकाले भने १० देखि सात हजार कित्तासम्मको लागि आवेदन दिन सक्नेछन् । 

कम्पनीले जारी गर्ने शेयरको अंकित मूल्य एक सय रूपैयाँ हुनेछ । 

कम्पनीको सेयर रजिष्ट्रारमा मुक्तिनाथ क्यापिटल रहेको छ । 

बुधबार, ०९ मंसिर २०८३, १३ : ३७

प्रतिक्रिया