आइएमई लाइफ इन्स्योरेन्सको २ लाख कित्ता संस्थापक शेयर बिक्रीमा

बुधबार, ०९ मंसिर २०८३, ११ : ०४

काठमाडौं- आइएमई लाइफ इन्स्योरेन्सले संस्थापक समूहको शेयर बिक्रीमा राखेको छ।

कम्पनीको २ लाख ४ हजार ६४२ कित्ता शेयर बिक्रीमा राखिएको हो।

बिक्रीमा राखिएको शेयरमध्ये १ लाख ४२ हजार १४२ कित्ता सबै खरिदका लागि निवेदन दिनुपर्नेछ भने ६२ हजार ५०० शेयरमा न्यूनतम ५ हजार कित्ता खरिदका लागि आवेदन दिन सकिनेछ।

यो शेयरमा इच्छुक तथा योग्य सर्वसाधारण व्यक्ति वा संस्थाले खरिदका लागि दिन सक्नेछन्। शेयर खरिदका लागि काठमाडौंको नक्सारलस्थित ग्लोबल आइएमई क्यापिटलको कार्यालयमा मंसिर १८ गतेसम्म निवेदन पेस गर्न सकिनेछ।

बुधबार, ०९ मंसिर २०८३, ११ : ०४

प्रतिक्रिया