काठमाडौं- नेपाल पत्रकार महासंघले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता संकुचित गर्ने गरी प्रस्तावित प्रेस काउन्सिल अध्यादेश फिर्ता लिन सरकारसँग माग गरेको छ ।
महासंघको धुलिखेलमा मंसिर ५ र ६ गते सम्पन्न सम्मेलनले पारित गरेको १६ बुँदे प्रस्तावमार्फत अध्यादेश फिर्ता लिन र मिडिया काउन्सिल विधेयक सरोकारवालासँग छलफल गरेर मात्रै अघि बढाउन माग गरेको हो ।
महासंघले प्रेस तथा सञ्चारमाध्यममाथि सरकारी हस्तक्षेप, नियन्त्रण र गैरकानुनी निर्देशन बन्द गर्न पनि आग्रह गरेको छ । समाचारको स्रोत खोल्न दबाब दिने, पत्रकारलाई पक्राउ तथा धरपकड गर्ने र समाचार संकलनमा प्रयोग हुने उपकरण नियन्त्रणमा लिने कार्य रोक्नुपर्ने उसको माग छ ।
त्यस्तै, पत्रकारको पेसागत स्वतन्त्रता र सुरक्षाको प्रत्याभूति गर्दै प्रेस स्वतन्त्रतामाथिका हस्तक्षेपमा संलग्नलाई कारबाही गर्न महासंघले सरकारको ध्यानाकर्षण गराएको छ ।
_if5CqCCvnL.jpg)
प्रतिक्रिया