बाइस लाखबराबरका मालसामान बरामद

बुधबार, ०९ मंसिर २०८३, १० : २२

काठमाडौं- प्रहरीले रु २२ लाख दुई हजार ७०० बराबरका मालसामानसहित तीनवटा गाडी बरामद गरेको छ ।

वीरगन्ज महानगरपालिका–१० रानीघाटस्थित भारतबाट भन्सार छली चोरीपैठारी गरी भित्र्याइएका रु चार लाख २३ हजार ५०० बराबरका सामान बरामद गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले जानकारी दिए ।

तीन वटा गाडीमाअ भन्सार छली ल्याउँदै गरेको रु १७ लाख ७९ हजार २०० बराबरका कपडालगायत सामान नियन्त्रणमा लिइएको छ । नियन्त्रणमा लिइएका गाडी र सामान  वीरगन्ज भन्सार कार्यालयमा बुझाइएको छ ।

बुधबार, ०९ मंसिर २०८३, १० : २२

प्रतिक्रिया