काठमाडौं- सिद्धार्थ बैंकले विश्वप्रसिद्ध भुक्तानी सेवा प्रदायक संस्था भिसा इन्टरनेशनलबाट दुई प्रतिष्ठित अवार्ड प्राप्त गरेको छ ।
भिसाद्वारा आयोजित ‘भिसा लिडरसिप कन्क्लेभ’ कार्यक्रममा बैंकलाई ‘एक्सिलेन्स इन कन्ज्युमर प्रिपेड कार्ड्स बिजनेस’ र ‘एक्सिलेन्स इन कन्ज्युमर क्रेडिट कार्ड्स बिजनेस’ अवार्ड प्रदान गरिएको हो ।
कार्ड व्यवसायमा उत्कृष्ट प्रदर्शन गरेको भन्दै बैंकलाई उक्त सम्मान प्रदान गरिएको हो । बैंकले ग्राहकलाई सुरक्षित, छरितो र आधुनिक डिजिटल बैंकिङ सेवा उपलब्ध गराउने उद्देश्यले क्रेडिट तथा प्रिपेड कार्ड सेवाको विस्तार गर्दै आएको जनाएको छ ।
बैंकका अनुसार २०८३ असार मसान्तसम्म नेपालमा जारी भएका कुल ३ लाख ३० हजार क्रेडिट कार्डमध्ये सिद्धार्थ बैंकको हिस्सा करिब ६९ हजार अर्थात् २१ प्रतिशत रहेको छ ।
त्यस्तै, बजारमा जारी भएका २ लाख ८० हजार प्रिपेड कार्डमध्ये बैंकको हिस्सा करिब ४२ हजार रहेको छ ।
यसैबीच, बैंकले क्रेडिट कार्ड सेवालाई थप सहज र प्रभावकारी बनाउने उद्देश्यले मंसिर २९ गतेसम्म आवेदन दिने ग्राहकका लागि लाइफटाइम निःशुल्क क्रेडिट कार्ड सुविधा उपलब्ध गराएको छ ।
प्रतिक्रिया