काठमाडौं- एक्स्ट्रिम इनर्जी ड्रिंकले जाडो मौसमलाई लक्षित गर्दै उपभोक्ताका लागि विशेष ‘विन्टर अफर’ सार्वजनिक गरेको छ । पाँच नयाँ स्वादका इनर्जी ड्रिंक बजारमा ल्याएको अवसरमा कम्पनीले सुनको क्यान जित्न सकिने योजना अघि सारेको हो ।
अफरअन्तर्गत एक्स्ट्रिम इनर्जी ड्रिंकका क्लासिकसहित पाँचवटै स्वादका उत्पादन खरिद गर्ने उपभोक्तामध्ये छ जना भाग्यशाली विजेताले सुनको क्यान जित्नेछन् ।
योजनामा सहभागी हुन उपभोक्ताले एक्स्ट्रिम इनर्जी ड्रिंकको कुनै पनि स्वादको क्यान खरिद गरी त्यसमा रहेको क्यूआर कोड स्क्यान गर्नुपर्नेछ । त्यसपछि आवश्यक विवरण दर्ता गरेर उपहार योजनामा सहभागी हुन सकिने कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार प्रत्येक महिना राष्ट्रिय टेलिभिजनमार्फत लक्की ड्र आयोजना गरी विजेता घोषणा गरिनेछ । यस योजनाले उपभोक्तालाई विभिन्न स्वादको इनर्जी ड्रिंकको अनुभवसँगै आकर्षक उपहार जित्ने अवसर प्रदान गर्ने कम्पनीको भनाइ छ ।
प्रतिक्रिया