आरएमसी फुड्सलाई दुई प्रतिष्ठित राष्ट्रिय सम्मान, करदाता र स्वदेशी निर्यातकर्तामा उत्कृष्ट

बुधबार, ०९ मंसिर २०८३, १३ : ५२

काठमाडौं- आरएमसी ग्रुपअन्तर्गत सञ्चालित आरएमसी फुड्स प्रालिले नेपाल सरकारबाट दुईवटा महत्वपूर्ण राष्ट्रिय सम्मान प्राप्त गरेको छ। कम्पनीले आर्थिक वर्ष २०८१/०८२ मा आन्तरिक राजस्व कार्यालय त्रिपुरेश्वरअन्तर्गत उद्योगतर्फ सबैभन्दा बढी आयकर दाखिला गर्ने उत्कृष्ट करदाताका रूपमा सम्मान प्राप्त गरेको छ। त्यसैगरी, आर्थिक वर्ष २०८२/०८३ मा नेपालबाट सबैभन्दा बढी रकमको वस्तु तथा सेवा निर्यात गर्ने स्वदेशी कम्पनीका रूपमा ‘उत्कृष्ट स्वदेशी निर्यातकर्ता’ सम्मानसमेत प्राप्त गरेको छ।

२०८३ साल मंसिर ७ गते “कर न्याय र सुशासनको सुनिश्चिततास् समृद्धिमा नागरिक सहभागिता” भन्ने मूल नाराका साथ आयोजित राष्ट्रिय कर दिवस–२०८३ को विशेष समारोहमा कम्पनीलाई उत्कृष्ट करदाताका रूपमा सम्मान गरिएको हो। आन्तरिक राजस्व कार्यालय त्रिपुरेश्वरका प्रमुख कर अधिकृत मुकुन्द पोखरेल तथा आन्तरिक राजस्व विभागका महानिर्देशक डा. भीष्मकुमार भुसालद्वारा संयुक्त रूपमा हस्ताक्षरित सम्मानपत्र कम्पनीका निर्देशक यश अग्रवाललाई प्रदान गरिएको थियो।

त्यसैगरी, “औद्योगिक वातावरण सुधार स् दिगो अर्थतन्त्रको आधार” भन्ने मूल नाराका साथ २०८३ साल मंसिर ९ गते काठमाडौंमा आयोजित १२औँ उद्योग दिवसको विशेष समारोहमा कम्पनीलाई ‘उत्कृष्ट स्वदेशी निर्यातकर्ता’ सम्मान प्रदान गरिएको हो। भन्सार विभागको सिफारिसका आधारमा प्रदान गरिएको उक्त सम्मान समारोहका प्रमुख अतिथि माननीय उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दीपक कुमार साहले सम्मानपत्र प्रदान गरेका थिए भने मन्त्रालयका सचिव रुद्रसिंह तामाङले दोसल्ला ओढाई सम्मान गरेका थिए ।

WhatsApp Image 2026-11-25 at 13.31.31

आरएमसी ग्रुपअन्तर्गत सञ्चालित आरएमसी फुड्स प्रालिले बाराको जीतपुरस्थित अत्याधुनिक उद्योगमार्फत प्रशोधित खाद्य तेल, विशेषगरी ल्गतचष्उगिक ब्रान्डका उत्पादनलगायत विभिन्न गुणस्तरीय खाद्य सामग्री उत्पादन तथा निर्यात गर्दै आएको छ। स्वदेशी उत्पादनको गुणस्तर, औद्योगिक क्षमता र अन्तर्राष्ट्रिय बजारमा नेपाली उत्पादनको पहुँच विस्तार गर्ने लक्ष्यका साथ कम्पनी निरन्तर अघि बढिरहेको छ।

यस उपलब्धिबारे नेपाल उद्योग परिसंघका निवर्तमान अध्यक्षसमेत रहेका कम्पनीका अध्यक्ष राजेश कुमार अग्रवालले भने, “नेपाल सरकारबाट प्राप्त यो सम्मानले हामीलाई स्वदेशी उत्पादनको गुणस्तर अभिवृद्धि गर्न र अन्तर्राष्ट्रिय बजारमा नेपाली ब्रान्डको पहुँच विस्तार गर्न थप ऊर्जा प्रदान गरेको छ। देशको व्यापार घाटा न्यूनीकरण तथा दिगो आर्थिक विकासका लागि निर्यात प्रवर्द्धनमा हाम्रो प्रतिबद्धता सधैँ अग्रपंक्तिमा रहनेछ।”

कम्पनीले प्राप्त गरेका यी दुई राष्ट्रिय सम्मानलाई आफ्नो व्यावसायिक यात्राको महत्वपूर्ण उपलब्धिका रूपमा लिँदै आगामी दिनमा पनि गुणस्तरीय उत्पादन, करप्रतिको जिम्मेवारी, औद्योगिक विकास तथा निर्यात प्रवर्द्धनमार्फत नेपालको आर्थिक समृद्धिमा योगदान पुर्‍याउने प्रतिबद्धता व्यक्त गरेको छ।

बुधबार, ०९ मंसिर २०८३, १३ : ५२

प्रतिक्रिया