काठमाडौं- साताको दोस्रो कारोबार दिन मंगलबार सेयर बजारमा वृद्धि भएको छ ।
यसदिन नेप्से परिसूचक १५.३९ अंकले बढेर २ हजार ६३८.९५ विन्दुमा कायम भएको छ ।
आज ३५० कम्पनीको १४ करोड ६७ लाख ६ हजार १७७ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ५५ करोड ३० लाख रुपैयाँको कारोबार भएको छ ।
मंगलबार १६५ कम्पनीको शेयर मूल्य बढ्दा १११ कम्पनीको मूल्यमा गिरावट आएको छ । यस्तै, ३ कम्पनीको मूल्य भने आज स्थिर भएको छ ।

आज सबैभन्दा धेरै सोल्टी होटलको ३२ करोड १७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । यस्तै, ग्लोबल आइएमई बैंकको ३० करोड ८३ लाख रुपैयाँ र एलक्ष्मी सनराइज बैंकको २२ करोड ९६ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
यसदिन एभरेष्ट कलरका लगानीकर्ता सबैभन्दा धेरै ५.०५ प्रतिशतका दरले कमाएका छन् । यस्तै, माउन्टेन हाइड्रोका लगानीकर्ताले ३.४२ प्रतिशतका दरले कमाउँदा सिटी होटलका लगानीकर्ताले ३.०९ प्रतिशतका दरले कमाएका छन् ।
सोमबार सबैभन्दा धेरै मानुषी लघुवित्तका लगानीकर्ताले ८ प्रतिशतका दरले गुमाएका छन् ।
प्रतिक्रिया