काठमाडौं- साताको पहिलो कारोबार दिन सोमबार सेयर बजारमा वृद्धि भएको छ । यसदिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २.२६ अंकले बढेर २ हजार ६२३.५६ विन्दुमा कायम भएको हो ।
सामान्य अंकले बढेको बजारमा आज ३६० कम्पनीको १० करोड ८२ लाख ६ हजार ९१३ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ८२ करोड रुपैयाँको कारोबार भएको छ ।
आज १०५ कम्पनीको शेयर मूल्य बढ्दा १६५ कम्पनीको मूल्यमा गिरावट आएको छ । यस्तै, १० कम्पनीको मूल्य स्थिर भएको छ ।

आज सबैभन्दा धेरै ग्लोबल आइएमई बैंकको १५ करोड ९३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । यस्तै, लक्ष्मी सनराइज बैंकको १२ करोड ७६ लाख रुपैयाँ र एनआइसी एशिया बैंकको १२ करोड ५९ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
यसदिन मेच्छियाम हाइड्रोका लगानीकर्ता सबैभन्दा धेरै १०.५८ प्रतिशतका दरले कमाएका छन् । यस्तै, माउन्टेन हाइड्रोका लगानीकर्ताले ५.६२ प्रतिशतका दरले कमाउँदा बुङ्गल हाइड्रोका लगानीकर्ताले ५.४९ प्रतिशतका दरले कमाएका छन् ।
सोमबार सबैभन्दा धेरै भिजन लुम्बिनी ऊर्जाका लगानीकर्ताले ८.३३ प्रतिशतका दरले गुमाएका छन् ।
प्रतिक्रिया