युनिलिभर नेपालको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

मंगलबार, ०८ मंसिर २०८३, १० : १६

काठमाडौं- युनिलिभर नेपालको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले भोली मंसिर ९ गतेदेखि मंसिर २३ गतेसम्म बुकक्लोज गर्दैछ। आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन तथा कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

कम्पनीले मंसिर २३ गते, बुधबार, द एभरेष्ट होटल, नयाँ बानेश्वर, काठमाडौँमा ३३ औँ वार्षिक साधारण सभा बोलाएको छ।

मंगलबार, ०८ मंसिर २०८३, १० : १६

प्रतिक्रिया