नेप्सेमा अपि पावरको शेयर मूल्य समायोजन

सोमबार, ०७ मंसिर २०८३, १६ : ०५

काठमाडौं- नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा अपि पावर कम्पनी लिमिटेडको शेयर मूल्य समायोजन भएको छ ।

कम्पनीको सोमबारको अन्तिम कारोबार मूल्य ३३२ रुपैयाँलाई आधार मानेर मूल्य समायोजन गरिएको हो । समायोजन पश्चात कम्पनीको सेयर मूल्य ३१६.१९ रुपैयाँ कायम भएको छ । 

सोही मूल्यलाई आधार मानेर मंगलबार नेप्सेमा कम्पनीको सेयर कारोबार खुला हुनेछ ।

सोमबार, ०७ मंसिर २०८३, १६ : ०५

प्रतिक्रिया