काठमाडौं- आम उपभोक्तालाई खाना पकाउने एलपी ग्यासको सहज र नियमित आपूर्ति सुनिश्चित गर्न नेपाल आयल निगमले ग्यास उद्योगहरूलाई आयातदेखि बजार वितरणसम्मका सबै चरण पूर्ण क्षमतामा सञ्चालन गर्न निर्देशन दिएको छ ।
निगमको एलपी ग्यास तथा एभिएसन विभागले २०८३ मंसिर ८ गते पत्र जारी गर्दै देशभर ग्यासको आपूर्ति व्यवस्था थप सहज, नियमित र प्रभावकारी बनाउन उद्योगहरूलाई विभिन्न निर्देशन दिएको हो ।
निगमले बजारको मागअनुसार ग्यास आयात अधिकतम रूपमा बढाउन, उद्योगको भण्डारण क्षमता पूर्ण रूपमा उपयोग गरी मौज्दात राख्न तथा भन्सारमा रहेका ग्यास बुलेट समयमै छुटाएर आपूर्ति प्रणालीमा ल्याउन भनेको छ ।
त्यस्तै, ग्यास विक्रेता तथा बजारमा रहेका सिलिन्डर पूर्ण क्षमतामा भरी उपभोक्तासम्म नियमित आपूर्ति सुनिश्चित गर्न पनि निगमले निर्देशन दिएको छ ।

प्रतिक्रिया