फोटो फिचर

माओवादीको सैन्य इतिहास बोकेको कामीडाँडा स्मृतिबाट हराउँदै (तस्बिरहरू)

बुधबार, ०९ मंसिर २०८३, ११ : ४९

काभ्रे- कुनै समय तत्कालीन नेकपा (माओवादी) को सैन्य तालिम केन्द्र र आधार क्षेत्रका रूपमा परिचित काभ्रेको बेथानचोक गाउँपालिका–५ स्थित कामीडाँडा अहिले सुनसान बनेको छ ।

दश वर्षे जनयुद्धका क्रममा माओवादीले सैन्य तालिम केन्द्रका रूपमा प्रयोग गरेको कामीडाँडामा शान्ति प्रक्रियामा प्रवेश गरेपछिको पहिलो केन्द्रीय समिति बैठकसमेत बसेको थियो । तर माओवादी शान्ति प्रक्रियामा आएको दुई दशक बितिसक्दा त्यस्तो ऐतिहासिक महत्व बोकेको यो ठाउँ अहिले ओझेलमा परेको छ ।

मंगलबार (मंसिर ८ गते) तत्कालीन माओवादीले जनमुक्ति सेना गठन गरेको दिनको स्मरण गर्दै पूर्वलडाकुहरूले शुभकामना आदानप्रदान गरी दिवस मनाए । जनमुक्ति सेनाका तत्कालीन सर्वोच्च कमाण्डर तथा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बाट भने यस अवसरमा सार्वजनिक शुभकामना समेत दिन आवश्यक ठानेनन् ।

पूर्वलडाकुहरूले जनमुक्ति सेना दिवसलाई निरन्तर स्मरण गरिरहँदा तत्कालीन नेतृत्व र पार्टी तहबाट हुने सार्वजनिक स्मरण तथा गतिविधि भने यसपटक खासै देखिएन । कुनै समय माओवादी आन्दोलनको महत्वपूर्ण केन्द्र रहेको कामीडाँडा र त्यससँग जोडिएको इतिहास अहिले क्रमशः ओझेलमा पर्दै गएको छ ।

बुधबार, ०९ मंसिर २०८३, ११ : ४९

प्रतिक्रिया