काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत त्रिवि क्रिकेट मैदानमा जारी खेलका लागि बिहीबार दिउँसै फ्लडलाइट बालिएको छ।
बिहानैदेखि मौसम धुम्मिएको र दिउँसो प्रकाश कम हुन थालेपछि दिउँसो ३ बजेदेखि नै फ्लडलाइट बालिएको हो।
त्रिवि क्रिकेट मैदानमा अहिले काठमाडौं गुर्खाज र जनकपुर बोल्ट्सबीच प्रतिस्पर्धा भइरहेको छ। खेल सकिन केही समय बाँकी रहँदा प्राकृतिक प्रकाश कम भएपछि खेल सञ्चालनका लागि फ्लडलाइट प्रयोग गरिएको हो।



प्रतिक्रिया