फोटो फिचर

जिल्ला प्रशासन कार्यालय काठमाडौंमा ग्यास लिन उपभोक्ताको लाइन (तस्बिरहरू)

आइतबार, २८ भदौ २०८३, १५ : २०

काठमाडौं– रसुवामा आएको बाढीका कारण सडक कटान र धादिङको कृष्णभीरमा पहिरो जाँदा काठमाडौं उपत्यकामा खाना पकाउने ग्यासको अभाव देखिएको छ।

ग्यास आपूर्तिमा समस्या भएपछि नेपाल आयल निगमले जिल्ला प्रशासन कार्यालय काठमाडौंसँगको समन्वयमा विभिन्न ग्यास उद्योगमार्फत उपभोक्तालाई ग्यास बिक्री गरिरहेको छ।

ग्यास वितरण सुरु भएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंको बिक्री केन्द्रमा खाली सिलिन्डर बोकेर आएका उपभोक्ताको लामो लाइन लागेको छ। ग्यास लिन बिहानैदेखि उपभोक्ता बिक्री केन्द्रमा पुगेका छन्। आपूर्ति सहज नहुँदा सर्वसाधारणले ग्यास पाउन घण्टौँ कुर्नुपर्ने अवस्था देखिएको छ।

आइतबार, २८ भदौ २०८३, १५ : २०

प्रतिक्रिया