फोटो फिचर

भोटेकोशी बाढीको सातौं दिनमा प्रभावित क्षेत्र : जहाँ हेर्‍यो, त्यही विनाशको दृश्य (तस्बिरहरू)

मंगलबार, १६ भदौ २०८३, १५ : ५९

काठमाडौं- गत भदौ १० गते रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीको सातौं दिन पनि अति प्रभावित नुवाकोट र रसुवामा उद्धार, खोजी तथा राहत कार्य जारी छ। बाढीले ठूलो जनधनको क्षति पुर्‍याएपछि प्रभावित क्षेत्रमा अवस्था अझै चुनौतीपूर्ण बनेको छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको सोमबार साँझ ६ बजेसम्मको विवरणअनुसार बाढीमा परी ज्यान गुमाउनेको संख्या ९३९ पुगेको छ भने ३ हजार ९२५ जना अझै सम्पर्कविहीन छन्।

बाढीका कारण सडक, पुल, विद्युत् तथा सञ्चार संरचनासहित निजी तथा सार्वजनिक भौतिक संरचनामा ठूलो क्षति पुगेको छ। प्रभावित क्षेत्रमा सुरक्षाकर्मी तथा विभिन्न निकायको टोलीले बेपत्ताको खोजी, उद्धार र राहत वितरणलाई निरन्तरता दिइरहेका छन्।

बाढीको सातौं दिनमा समेत प्रभावित क्षेत्र नुवाकोटका कतिपय स्थानमा विनाशका अवशेष देखिन्छन्। बाढीले बगाएका संरचना, क्षतिग्रस्त सडक तथा आसपासका क्षेत्रमा थुप्रिएको लेदो र माटोका कारण उद्धार तथा खोजी कार्यमा थप कठिनाइ भइरहेको छ।

मंगलबार, १६ भदौ २०८३, १५ : ५९

प्रतिक्रिया