फोटो फिचर

‘नवौं नेपाल जग्गा तथा आवास एवं निर्माण एक्स्पो–२०८३’ को दोस्रो दिन अवलोकनकर्ताको भीड (तस्बिरहरू)

शुक्रबार, ०२ असोज २०८३, १५ : ००

काठमाडौं– भृकुटीमण्डपमा बिहीबारदेखि सुरु भएको नवौं ल्यान्ड, हाउजिङ एन्ड कन्स्ट्रक्सन एक्स्पो–२०२६ को दोस्रो दिन अवलोकनकर्ताको उल्लेख्य उपस्थिति देखिएको छ।

नेपाल जग्गा तथा आवास विकास संघ, नेपाल जग्गा तथा आवास विकास महासंघ र नेपाल चेम्बर अफ कमर्सको संयुक्त आयोजनामा सुरु भएको एक्स्पोमा दोस्रो दिन बिहानैदेखि सहभागीको चहलपहल बढेको हो।

आवास, जग्गा, निर्माण सामग्री तथा निर्माण प्रविधिसम्बन्धी विभिन्न उत्पादन र सेवाबारे जानकारी लिन सर्वसाधारण, घर निर्माणको तयारीमा रहेका ग्राहक तथा व्यवसायी एक्स्पोमा पुगेका छन्।

आयोजकका अनुसार एक्स्पोमा घर तथा आवाससँग सम्बन्धित विभिन्न कम्पनीका स्टल राखिएका छन्। एक्स्पोमार्फत ग्राहकले आवास तथा निर्माणसम्बन्धी उत्पादन, सेवा र प्रविधिबारे प्रत्यक्ष जानकारी लिन सक्ने व्यवस्था गरिएको छ।

शुक्रबार, ०२ असोज २०८३, १५ : ००

प्रतिक्रिया