फोटो फिचर

नवरात्रको तेस्रो दिन : ललितपुरमा दुर्गा भवानीको मूर्ति स्थापना(तस्बिरहरू)

मंगलबार, २७ असोज २०८३, ०९ : ३९

काठमाडौं- बडादसैँअन्तर्गत नवरात्रको तेस्रो दिन आज मंगलबार नवदुर्गामध्येकी तेस्रो देवी चन्द्रघण्टाको विधिपूर्वक पूजा आराधना गरिँदै छ। यस अवसरमा देशभरका दुर्गा मन्दिर तथा घरघरमा श्रद्धालुहरूले देवीको पूजा गरी सुख, शान्ति र समृद्धिको कामना गरिरहेका छन्।

यसैबीच, बडादसैँको अवसरमा ललितपुरको कुपन्डोल मा दुर्गा भवानीको मूर्ति स्थापना गरिएको छ। मूर्ति स्थापनासँगै उक्त क्षेत्रमा दसैँको धार्मिक तथा सांस्कृतिक रौनक बढेको छ।

नवरात्र सुरु भएसँगै घटस्थापनाका दिन विधिपूर्वक पूजा आराधना गरी स्थापना गरिएको दुर्गा भवानीको मूर्तिको फूलपातीका दिन मुख खोल्ने परम्परा छ। त्यसपछि पूर्णिमाका दिन मूर्ति विसर्जन गरिन्छ।

दसैँको अवसरमा काठमाडौं उपत्यकाका विभिन्न स्थानमा दुर्गा भवानीको मूर्ति स्थापना गरी पूजा आराधना गर्ने प्रचलन रहँदै आएको छ। यस परम्पराले धार्मिक आस्था र सांस्कृतिक महत्त्वलाई उजागर गर्नुका साथै दसैँको उत्सवमय वातावरणलाई थप उल्लासपूर्ण बनाउने गरेको छ।

 

मंगलबार, २७ असोज २०८३, ०९ : ३९

प्रतिक्रिया