स्वरोजगार लघुवित्तको ७ हजार कित्ता संस्थापक शेयर सर्वसाधारणका लागि बिक्री खुला

विहीबार, १० मंसिर २०८३, १२ : १६

काठमाडौं- स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले ७ हजार कित्ता संस्थापक शेयर सर्वसाधारणका लागि बिक्रीमा राखेको छ। 

लघुवित्तले संस्थापक शेयरधनी सुचित्रा पन्त शाहको स्वामित्वमा रहेको उक्त शेयर बिक्रीमा राखेको हो।

संस्थापक शेयर बिक्री गर्दा पहिलो प्राथमिकता विद्यमान संस्थापक शेयरधनीलाई दिनुपर्ने कानुनी व्यवस्थाअनुसार संस्थाले यसअघि ३५ दिनको समय दिएर शेयर खरिदका लागि सूचना जारी गरेको थियो। 

उक्त अवधिमा संस्थापक शेयरधनीहरूबाट खरिदका लागि कुनै आवेदन नपरेपछि संस्थाले सर्वसाधारणका लागि समेत सेयर बिक्री खुला गरेको हो।

शेयर खरिद गर्न इच्छुक सर्वसाधारणले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र आवश्यक कागजात संलग्न गरी लिखित आवेदन पेस गर्न सक्नेछन् ।

विहीबार, १० मंसिर २०८३, १२ : १६

प्रतिक्रिया