ठमेलबाट ५० लाख रुपैयाँभन्दा बढी नगद र विदेशी मुद्रासहित दुई जना पक्राउ

विहीबार, १० मंसिर २०८३, १२ : ३१

काठमाडौं- स्रोत नखुलेको नेपाली तथा विदेशी मुद्रासहित दुई जना पक्राउ परेका छन् ।

काठमाडौंका जिल्ला प्रहरी परिसरका प्रवक्ता दानबहादुर थापाका अनुसार चितवनको बिसौनीकी २० वर्षीया स्नेहा रिमाल र माल्दिभ्सका नागरिक युगीथ इब्राहिमलाई ठमेलबाट आज पक्राउ गरिएको हो ।

उनीहरूबाट नेपाली रु ५० लाख ५० हजार, ओमानी रियाल चार हजार २१५ र संयुक्त अरब इमिरेट्सको ५५ दिराम बरामद भएको छ ।

यस सम्बन्धमा थप अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ। 

विहीबार, १० मंसिर २०८३, १२ : ३१

प्रतिक्रिया