काठमाडौं- आज मंसिर १० गते दुई कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ।
आज एनएमबि बैंक र ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो । यी कम्पनीहरुले साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ मंसिर ११ गते बुकक्लोज गर्ने भएकोले आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको साधारणसभामा सहभागिता जनाउन तथा कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।
एनएमबि बैंक लिमिटेडले मंसिर २५ गते, शुक्रबार, ३१ औँ वार्षिक साधारण सभा डाकेको छ। सभाले हाल कायम चुक्ता पूँजीको ७ प्रतिशत (कर प्रयोजनार्थसहित) का दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ।
त्यस्तै, ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाले मंसिर २३ गते, बुधबार, आईएमई हस्पिटालिटी प्रा.लि.,स्ट्रीट नं. ३, लेकसाइड, पोखरा, कास्कीमा १४ औँ वार्षिक साधारण सभा डाकेको छ। सो सभा बिहान ९ बजे शुरु हुनेछ।
सभाले हाल कायम चुक्ता पूँजीको ६ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थसहित ३.५० प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।
प्रतिक्रिया