सुनचाँदी

सुनचाँदीको मूल्यमा सामान्य वृद्धि, प्रतितोला कति पुग्यो ?

विहीबार, १० मंसिर २०८३, १० : ५०

काठमाडौं- नेपाली बजारमा आज बिहीबार सुनको मूल्य वृद्धि भएको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १ हजार ४ सय रूपैयाँले बढेको हो। 

यससँगै बिहीबार सुन प्रतितोला दुई लाख ४२ हजार ८ सय रूपैयाँमा किनबेच भइरहेको छ। 

बुधबार सुन प्रतितोला दुई लाख ४१ हजार ४ सय रूपैयाँमा कारोबार भएको थियो। 

यस्तै, आज चाँदीको मूल्य पनि ३५ रुपैयाँले बढेको छ।

बुधबार प्रतितोला तीन हजार ४० रूपैयाँमा कारोबार भएको चाँदी यसदिन तोलामा तीन हजार ७५ रूपैयाँमा किनबेच भइरहेको छ।

विहीबार, १० मंसिर २०८३, १० : ५०

प्रतिक्रिया