कस्तो छ ९.९९ लाख डाउन पेमेन्टमै पाइने 'आयोन भी' एसयूभी ?

विहीबार, १० मंसिर २०८३, १० : ५६

काठमाडौं- नेपालमा जीएसी आयोन विद्युतीय सवारीसाधनको आधिकारिक वितरक सीजी मोटर्सले आफ्नो प्रिमियम पारिवारिक इलेक्ट्रिक एसयूभी आयोन भी का लागि ९ लाख ९९ हजार रुपैयाँ डाउन पेमेन्टमै घर लैजान सकिने विशेष योजना सार्वजनिक गरेको छ।

कम्पनीका अनुसार सीमित अवधिका लागि ल्याइएको यस योजनाले ग्राहकलाई कम प्रारम्भिक लगानीमा विद्युतीय एसयूभी खरिद गर्ने अवसर प्रदान गर्नेछ। योजनाअन्तर्गत ग्राहकले नगद छुट, एक्सचेन्ज बोनस, निःशुल्क बीमा, सडक कर तथा विभिन्न अतिरिक्त सुविधा प्राप्त गर्न सक्नेछन्।

के–के छन् योजनामा सुविधा?

सीजी मोटर्सले सार्वजनिक गरेको प्याकेजमा निम्न सुविधा समावेश छन् :

  • १ वर्षको AutoPlus Insurance: एक वर्षको सवारी बीमा।
  • एक आर्थिक वर्षको सडक कर: सडक करको सुविधा।
  • Cash Discount: आकर्षक नगद छुट।
  • Exchange Bonus: पुरानो सवारीसाधन साटेर नयाँ आयोन भी खरिद गर्दा अतिरिक्त लाभ।
  • Genuine AION Accessories: कम्पनीका आधिकारिक एसेसरिज।

यसका अतिरिक्त AION V मा ११ वर्षको विस्तारित वारेन्टी उपलब्ध गराइएको कम्पनीले जनाएको छ।

परिवारका लागि कस्तो छ आयोन भी?

आयोन भीलाई फराकिलो केबिन, स्मार्ट ककपिट प्रविधि र लामो दूरीको यात्रालाई ध्यानमा राखेर तयार गरिएको पारिवारिक विद्युतीय एसयूभीका रूपमा प्रस्तुत गरिएको छ। यसले सहरी यात्रासँगै राजमार्गमा हुने पारिवारिक यात्रालाई समेत लक्षित गरेको कम्पनीको भनाइ छ।

कम्पनीले विश्वभर ३० मिलियन ग्राहकको विश्वास प्राप्त गरेको जीएसी आयोनको प्रविधि र गुणस्तरलाई नेपाली बजारमा पनि विस्तार गर्ने उद्देश्य राखेको जनाएको छ।

नेपालभर चार्जिङ सुविधा विस्तार

विद्युतीय सवारीसाधन प्रयोगकर्तालाई चार्जिङको सहजता प्रदान गर्न सीजी मोटर्सले नेपालभर २६० भन्दा बढी चार्जिङ स्टेसन उपलब्ध रहेको जनाएको छ। यसले आयोन भी प्रयोगकर्तालाई लामो दूरीको यात्रामा समेत चार्जिङ सुविधाको पहुँच बढाउने अपेक्षा गरिएको छ।

आयोन भीको टेस्ट ड्राइभ लिन, मूल्य तथा विशेष स्वामित्व योजनाबारे थप जानकारी प्राप्त गर्न इच्छुक ग्राहकले नजिकैको सीजी मोटर्स वा जीएसी आयोन शोरुममा सम्पर्क गर्न सक्नेछन्।

कम्पनीका अनुसार ९ लाख ९९ हजार रुपैयाँ डाउन पेमेन्टसहितको यो विशेष योजना सीमित अवधिका लागि मात्र उपलब्ध हुनेछ।

विहीबार, १० मंसिर २०८३, १० : ५६

प्रतिक्रिया