नयाँ नामी बक्स ई२ को बिक्री सुरु, मूल्य २९.९९ लाखदेखि

विहीबार, ११ भदौ २०८३, ११ : ४९

काठमाडौं- नेपालका लागि डोङफेङ नामी इलेक्ट्रिक सवारीसाधनको आधिकारिक वितरक एमएडब्लू वृद्धि मोटर्सले नाडा अटो शो २०२६ मा नयाँ नामी बक्स ई२ को बुकिङ तथा बिक्री सुरु गरेको छ।

नयाँ नामी बक्स ई२ दुई भेरियन्टमा उपलब्ध छ। बक्स ई२ ३३० को नाडा अटो शो विशेष मूल्य २९ लाख ९९ हजार रुपैयाँ र बक्स ई२ ४३० को ३१ लाख ९९ हजार रुपैयाँ तोकिएको छ। नाडा अटो शोपछि यी दुई भेरियन्टको मूल्य क्रमशः ३० लाख ९९ हजार र ३२ लाख ९९ हजार रुपैयाँ कायम हुनेछ।

भेरियन्ट    नाडा विशेष मूल्य    नाडापछिको मूल्य

नामी बक्स ई२ ३३०    रु. २९.९९ लाख    रु. ३०.९९ लाख
नामी बक्स ई२ ४३०    रु. ३१.९९ लाख    रु. ३२.९९ लाख

सिल्भर तथा डुअल–टोन रङका लागि थप ५० हजार रुपैयाँ शुल्क लाग्ने कम्पनीले जनाएको छ।

सन् २०२४ मा पहिलोपटक नेपाली बजारमा आएको नामी बक्स आकर्षक डिजाइन, विभिन्न रङ विकल्प, पाँच जना बस्न मिल्ने फराकिलो क्याबिन, व्यावहारिक ड्राइभिङ रेन्ज र आरामदायी फिचरका कारण छोटो समयमै नेपाली बजारमा लोकप्रिय बनेको कम्पनीको दाबी छ।

नयाँ बक्स ई२ सोही आधारमा तयार गरिएको हो। कम्पनीका अनुसार यो विशेषगरी युवा ग्राहक, सहरी प्रयोगकर्ता तथा पहिलो इलेक्ट्रिक कार खरिद गर्न चाहने परिवारलाई लक्षित गरी ल्याइएको हो।

नयाँ संस्करणलाई प्रतिस्पर्धी मूल्यमा उपलब्ध गराउन फिचर कन्फिगरेसनमा केही परिवर्तन गरिएको छ। अघिल्लो मोडलको तुलनामा नयाँ बक्स ई२ मा लेभल–२ एडास, अटोमेटिक पार्किङ र एम्बियन्ट लाइटिङ उपलब्ध छैन। तर, यसमा डार्क मोड, इन–बिल्ट कारप्ले र यात्रुको सुरक्षाका लागि ६ वटा एयरब्याग राखिएको छ।

बक्स ई२ ३३० ले २३७ किलोमिटर डब्लुएलटीपी रेन्ज प्रदान गर्छ भने बक्स ई२ ४३० ले ३१७ किलोमिटर डब्लुएलटीपी रेन्ज दिने कम्पनीले जनाएको छ। यसले ग्राहकलाई आफ्नो दैनिक ड्राइभिङ आवश्यकताअनुसार भेरियन्ट छनोट गर्ने सुविधा दिने कम्पनीको भनाइ छ।

नेपालका सडकमा हाल २ हजारभन्दा बढी नामी इलेक्ट्रिक सवारीसाधन सञ्चालनमा रहेको कम्पनीले जनाएको छ। नयाँ बक्स ई२ को बिक्री सुरुवातले नेपाली ग्राहकलाई आकर्षक, व्यावहारिक र मूल्यअनुकूल इलेक्ट्रिक मोबिलिटी उपलब्ध गराउने कम्पनीको प्रतिबद्धतालाई थप बलियो बनाउने बताइएको छ।

ग्राहकले नाडा अटो शो २०२६ अवधिभर डोङफेङ नामीको स्टल नम्बर ए६ र ए७ मा नयाँ नामी बक्स ई२ अवलोकन, परीक्षण तथा बुकिङ गर्न सक्नेछन्।

विहीबार, ११ भदौ २०८३, ११ : ४९

प्रतिक्रिया