काठमाडौं- साताको कारोबारको पहिलो दिन आइतवार सुनको मूल्य घटेको छ। कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला ३१०० रुपैयाँले घटेको हो ।
कारोबारको अघिल्लो दिन प्रतितोला ३०७४०० रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज ३१०० रुपैयाँले घटेर ३०४३०० रुपैयाँमा कारोबार भईरहेको छ ।
यता चाँदीको मूल्य ४० रुपैयाँले घटेर प्रतितोला ४७२५ रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
प्रतिक्रिया