काठमाडौं– नेपालमा OMODA JAECOO सवारीसाधनको आधिकारिक वितरक SPG Automobiles Pvt. Ltd. ले JAECOO J5 लाई अब दुई भेरियन्टमा उपलब्ध गराएको छ। कम्पनीले JAECOO J5 Pro लाई रु. ४७ लाख ९९ हजारको अफर मूल्यमा बजारमा ल्याएको छ भने JAECOO J5 को मूल्य रु. ५४ लाख ९९ हजार तोकेको छ।
नयाँ J5 Pro तुलनात्मक रूपमा कम मूल्यमा उपलब्ध गराइए पनि यसमा JAECOO J5 का अधिकांश प्रमुख सुविधा समावेश गरिएको कम्पनीले जनाएको छ। दुई भेरियन्टबीच मुख्य अन्तर ब्याट्री क्षमता र ड्राइभिङ रेन्जमा रहेको छ।
JAECOO J5 Pro मा ५०.७ किलोवाट आवर क्षमताको ब्याट्री जडान गरिएको छ। यसले दाबी गरिएको NEDC मापदण्डअनुसार ४०५ किलोमिटर रेन्ज प्रदान गर्छ। त्यस्तै, JAECOO J5 मा ५८.९ किलोवाट आवरको ठूलो ब्याट्री रहेको छ, जसले ४६१ किलोमिटर NEDC रेन्ज दिने दाबी गरिएको छ।
दुवै भेरियन्टमा २८८ एनएम टर्क, १८५ मिलिमिटर ग्राउन्ड क्लियरेन्स र ४८० लिटरको बुट स्पेस रहेको छ। नेपालको विविध सडक अवस्थालाई ध्यानमा राख्दा १८५ मिलिमिटर ग्राउन्ड क्लियरेन्सले उपयोगिता बढाउने कम्पनीको दाबी छ।
त्यस्तै, दुवै मोडलमा प्यानोरामिक मुनरुफ, स्पेयर टायर तथा Level 2 ADAS जस्ता सुविधा उपलब्ध छन्। यसले प्रिमियम लुक, आराम र सुरक्षा प्रविधिको संयोजन प्रदान गर्ने अपेक्षा गरिएको छ।
कम्पनीका अनुसार JAECOO J5 Pro कम मूल्यमा इलेक्ट्रिक SUV खोज्ने ग्राहकका लागि लक्षित गरिएको हो। तुलनात्मक रूपमा सानो ब्याट्री र कम रेन्ज भए पनि यसमा J5 का प्रमुख सुविधाहरू कायम राखिएको छ।
अर्कोतर्फ, थप रेन्जलाई प्राथमिकता दिने ग्राहकका लागि रु. ५४ लाख ९९ हजार मूल्यको JAECOO J5 विकल्पका रूपमा उपलब्ध हुनेछ। ठूलो ब्याट्रीका कारण यसले J5 Pro को तुलनामा ५६ किलोमिटर बढी NEDC रेन्ज प्रदान गर्ने दाबी गरिएको छ।
JAECOO J5 Pro को नयाँ मूल्यसँगै नेपाली बजारमा प्रिमियम इलेक्ट्रिक SUV रोज्ने ग्राहकका लागि थप मूल्य–विकल्प थपिएको छ। कम्पनीले विभिन्न बजेट र ड्राइभिङ आवश्यकताअनुसार ग्राहकले दुईमध्ये उपयुक्त भेरियन्ट छनोट गर्न सक्ने जनाएको छ।
प्रतिक्रिया