काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज भदौ २३, २०८३ का लागि विभिन्न कृषि उपजको थोक मूल्य सार्वजनिक गरेको छ। समितिको मूल्यसूचीअनुसार तरकारी, फलफूल, मसला तथा अन्य कृषि उपजको मूल्य वस्तु र गुणस्तरअनुसार फरक–फरक रहेको छ।
आजको मूल्यसूचीअनुसार आलु सेतो प्रतिकिलो ३५ देखि ४० रुपैयाँ, प्याज सुकेको भारतीय ९३ देखि ९८ रुपैयाँ तथा गाजर लोकल १०० देखि १२० रुपैयाँमा कारोबार भइरहेको छ। गाजर तराईको मूल्य ७० देखि ८० रुपैयाँ प्रतिकिलो तोकिएको छ।
त्यस्तै, बन्दा लोकल २० देखि ३० रुपैयाँ, स्थानीय काउली ८० देखि १०० रुपैयाँ, रातो मूला २० देखि ३० रुपैयाँ, सेतो मूला हाइब्रिड २५ देखि ३५ रुपैयाँ र लाम्चो भन्टा १५ देखि २५ रुपैयाँ प्रतिकिलो रहेको छ। तने बोडी ६० देखि ८० रुपैयाँ तथा घिउ सिमी लोकल र हाइब्रिड दुवैको मूल्य ९० देखि १०० रुपैयाँ प्रतिकिलो छ।
हरियो तरकारीतर्फ भटमासकोशा १२० देखि १४० रुपैयाँ, तितो करेला ४० देखि ५० रुपैयाँ, लौका ४० देखि ५० रुपैयाँ, परवर ६० देखि ७० रुपैयाँ, चिचिण्डो १५ देखि २५ रुपैयाँ र घिरौला २० देखि ३० रुपैयाँ प्रतिकिलो रहेको छ। रायो साग ५० देखि ८० रुपैयाँ, पालुंगो साग १५० देखि २०० रुपैयाँ र तोरीको साग ८० देखि १०० रुपैयाँ प्रतिकिलो तोकिएको छ।
च्याउतर्फ कन्य च्याउ २०० देखि २५० रुपैयाँ, डल्ले च्याउ ४०० देखि ४५० रुपैयाँ, राजा च्याउ ३०० देखि ३२० रुपैयाँ तथा सिताके च्याउ ८०० देखि १ हजार रुपैयाँ प्रतिकिलो रहेको छ। कुरीलोको मूल्य ४०० देखि ५०० रुपैयाँ प्रतिकिलो छ।
फलफूलतर्फ फुजी स्याउ ३५० देखि ४०० रुपैयाँ, जुम्लाको स्याउ ३६५ देखि ४०० रुपैयाँ तथा मुस्ताङको स्याउ १३५ देखि १६० रुपैयाँ प्रतिकिलो रहेको छ। नेपाली केरा प्रतिदर्जन १८० देखि २२० रुपैयाँ र मालभोग केरा १०० देखि १५० रुपैयाँमा रहेको छ।
कागतीको मूल्य ३५० देखि ४०० रुपैयाँ, अनार २५० देखि ३०० रुपैयाँ, मौसम १०० देखि १५० रुपैयाँ, जुनार १५० देखि २०० रुपैयाँ र किवी ३५० देखि ४०० रुपैयाँ प्रतिकिलो रहेको छ। नेपाली ड्रागन फ्रुट ४०० देखि ५०० रुपैयाँ प्रतिकिलोमा कारोबार भइरहेको छ।
मसला तथा अन्य कृषि उपजमा अदुवा २०० देखि २३० रुपैयाँ, सुकेको खुर्सानी ५०० देखि ५५० रुपैयाँ, हरियो धनिया १०० देखि १५० रुपैयाँ, सुकेको चिनियाँ लसुन २२० देखि २६० रुपैयाँ र नेपाली सुकेको लसुन २०० देखि २३० रुपैयाँ प्रतिकिलो रहेको छ।
प्रतिक्रिया