काठमाडौं- साताको कारोबारको पाचौ दिन बिहीवार सुनको मूल्य बढेको छ। कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला ३४०० रुपैयाँले बढेको हो ।
कारोबारको अघिल्लो दिन प्रतितोला ३०२४०० रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज ३४०० रुपैयाँले बढेर ३०५८०० रुपैयाँमा कारोबार भईरहेको छ ।
यता चाँदीको मूल्य १०५ रुपैयाँले बढेर प्रतितोला ४८५५ रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
प्रतिक्रिया