अपडेट

सुनचाँदीको मूल्यमा ठूलो गिरावट, आज प्रतितोला कतिमा हुँदैछ कारोबार ?

शुक्रबार, २६ भदौ २०८३, ११ : १६

काठमाडौं– नेपाली बजारमा शुक्रबार सुनचाँदीको मूल्यमा उल्लेख्य गिरावट आएको छ। पछिल्ला दिनमा निरन्तर उतारचढाव देखिएको सुनको मूल्य शुक्रबार एकैदिन प्रतितोला ४ हजार ८ सय रुपैयाँले घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला ३ लाख १ हजार रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार छापावाल सुनको मूल्य प्रतितोला ३ लाख ५ हजार ८ सय रुपैयाँ थियो। बिहीबार भने सुनको मूल्य ३ हजार ४ सय रुपैयाँले बढेको थियो।

चालु साताको सुरुदेखि नै सुनको मूल्यमा तीव्र उतारचढाव देखिएको छ। आइतबार सुन प्रतितोला ३ हजार १ सय रुपैयाँले घटेर ३ लाख ४ हजार ३ सय रुपैयाँमा झरेको थियो। सोमबार पुनः ३ हजार ४ सय रुपैयाँले घटेर ३ लाख १ हजार ९ सय रुपैयाँ कायम भएको थियो।

त्यसपछि मंगलबार सुनको मूल्य प्रतितोला ३ हजार ५ सय रुपैयाँले बढेर ३ लाख ५ हजार ४ सय रुपैयाँ पुगेको थियो। बुधबार भने पुनः ३ हजार रुपैयाँले घटेर ३ लाख २ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो। बिहीबार ३ हजार ४ सय रुपैयाँले बढेपछि सुन ३ लाख ५ हजार ८ सय रुपैयाँ पुगेको थियो।

यस्तै, शुक्रबार चाँदीको मूल्यमा पनि ठूलो गिरावट आएको छ। महासंघका अनुसार चाँदी प्रतितोला २५५ रुपैयाँले घटेर ४ हजार ६ सय रुपैयाँमा कायम भएको छ। बिहीबार चाँदीको मूल्य प्रतितोला ४ हजार ८ सय ५५ रुपैयाँ थियो।

यसअघि बुधबार चाँदी प्रतितोला ४० रुपैयाँले घटेर ४ हजार ७ सय ५० रुपैयाँमा झरेको थियो। मंगलबार १०० रुपैयाँले बढेर ४ हजार ७ सय ९० रुपैयाँ पुगेको चाँदी सोमबार ३५ रुपैयाँले घटेर ४ हजार ६ सय ९० रुपैयाँमा कारोबार भएको थियो। आइतबार पनि चाँदीको मूल्य ४० रुपैयाँले घटेर प्रतितोला ४ हजार ७ सय २५ रुपैयाँमा कायम भएको थियो।

शुक्रबार, २६ भदौ २०८३, ११ : १६

प्रतिक्रिया