काठमाडौं- नेपाली बजारमा साताको पहिलो कारोबार दिन आइतबार सुनचाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको मूल्य प्रतितोला १ हजार २०० रुपैयाँले बढेर ३ लाख २ हजार २०० रुपैयाँ पुगेको छ।
शुक्रबार छापावाल सुन प्रतितोला ३ लाख १ हजार रुपैयाँमा कारोबार भएको थियो। यससँगै दुई दिनको अवधिमा सुनको मूल्य प्रतितोला १ हजार २०० रुपैयाँले बढेको हो।
त्यस्तै, चाँदीको मूल्य पनि आइतबार बढेको छ। महासंघका अनुसार चाँदी प्रतितोला ४ हजार ६६० रुपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार चाँदीको मूल्य प्रतितोला ४ हजार ६०० रुपैयाँ थियो।
यसअनुसार चाँदीको मूल्य दुई दिनमा प्रतितोला ६० रुपैयाँले बढेको छ।
महासंघका अनुसार आइतबार १० ग्राम छापावाल सुनको मूल्य २ लाख ५९ हजार ९० रुपैयाँ कायम भएको छ। त्यस्तै, १० ग्राम चाँदीको मूल्य ३ हजार ९९५ रुपैयाँ पुगेको छ।
प्रतिक्रिया