हुन्डाईको ‘फेस्टिभ ड्राइभ २०८३’ अफर सार्वजनिक, ५ लाखसम्म नगद छुट

सोमबार, २९ भदौ २०८३, १४ : १२

काठमाडौं- नेपालमा ह्युन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले दशैं, तिहार तथा छठ पर्वलाई लक्षित गर्दै विशेष योजना ‘Hyundai Festive Drive २०८३’ सार्वजनिक गरेको छ ।

योजनाअन्तर्गत ह्युन्डाईका गाडी खरिद गर्ने ग्राहकले ३ लाख रुपैयाँसम्मको नगद छुट पाउनेछन् । त्यस्तै, स्क्र्याच कार्डमार्फत थप ५ लाख रुपैयाँसम्म नगद छुट जित्ने अवसरसमेत कम्पनीले उपलब्ध गराएको छ ।

कम्पनीका अनुसार गाडी खरिदमा १ वर्षको निःशुल्क ‘अटो प्लस इन्स्योरेन्स’ र १ वर्षको निःशुल्क सडक करको सुविधा पनि दिइनेछ ।

हुन्डाईले आफ्ना गाडीमा ३ वर्षको वारेन्टी र ६ वर्षसम्म निःशुल्क सर्भिसिङ सुविधा उपलब्ध गराउँदै आएको जनाएको छ । कम्पनीले यी सुविधाले ग्राहकलाई गाडी खरिदसँगै थप मूल्य र सहज स्वामित्व अनुभव प्रदान गर्ने दाबी गरेको छ ।

‘Hyundai Festive Drive २०८३’ भदौ २३ गतेदेखि लागू भएको कम्पनीले जनाएको छ । ग्राहकले देशभर रहेका ह्युन्डाईका आधिकारिक शोरुममा पुगेर योजनाका विभिन्न अफर तथा सुविधाबारे जानकारी लिन सक्नेछन् ।

सोमबार, २९ भदौ २०८३, १४ : १२

प्रतिक्रिया