काठमाडौं- एथर नेपालले पश्चिम नेपालको विद्युतीय मोबिलिटी बजारलाई लक्षित गर्दै नेपालगन्जमा आफ्नो १५औँ एक्सपेरियन्स सेन्टर सञ्चालनमा ल्याएको छ । नेपालगन्जको बसपार्क रोड, न्यु रोड–२ मा स्थापना गरिएको नयाँ सेन्टरमार्फत ग्राहकले एथरका विद्युतीय स्कुटर, प्रविधि, टेस्ट राइड तथा बिक्रीपछिको सेवाबारे प्रत्यक्ष जानकारी लिन सक्नेछन् ।
नेपालगन्जमा नयाँ सेन्टर सञ्चालनमा आएसँगै एथरको एक्सपेरियन्स सेन्टर सञ्जाल काठमाडौं, पोखरा, चितवन, इटहरी, बुटवल, जनकपुर, बिर्तामोड, वीरगन्ज, धरान र विराटनगरलगायत प्रमुख शहरमा विस्तार भएको कम्पनीले जनाएको छ ।
नयाँ एक्सपेरियन्स सेन्टरमा एथर ४५० र एथर रिज्टालगायतका विद्युतीय स्कुटर उपलब्ध हुनेछन् । ग्राहकले स्कुटरको डिजाइन, प्रदर्शन, प्रविधि र उपयोगिताबारे जानकारी लिनुका साथै उत्पादन प्रदर्शन तथा टेस्ट राइडको सुविधा प्राप्त गर्नेछन् ।
एथर ४५० गतिशील र प्रभावकारी विद्युतीय स्कुटर अनुभव चाहने ग्राहकलाई लक्षित गरिएको छ भने एथर रिज्टा दैनिक तथा पारिवारिक प्रयोगलाई ध्यानमा राखेर डिजाइन गरिएको कम्पनीको भनाइ छ । रिज्टामा आराम, उपयोगिता र स्मार्ट सुविधाको संयोजन गरिएको छ ।
एथरले आफ्ना विद्युतीय स्कुटरमा विभिन्न प्रविधिमैत्री सुविधा उपलब्ध गराउँदै आएको छ । ‘म्याजिक ट्विस्ट’मार्फत थ्रोटल घुमाएर गति नियन्त्रण तथा ब्रेकिङ गर्न सकिने, ‘इन्फिनिट क्रुज’मार्फत लामो दूरीको यात्रामा सहज गति कायम गर्न सकिने तथा ‘भोइस इन्टर्याक्सन’मार्फत आवाजबाट स्कुटरसँग अन्तरक्रिया गर्न सकिने सुविधा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।
विद्युतीय सवारीको स्वामित्वलाई थप विश्वसनीय बनाउन एथरले ‘एथर एस्योरेन्स’लाई पनि प्राथमिकतामा राखेको छ । कम्पनीका अनुसार ‘एथर एटसेभेन्टी’ ब्याट्री वारेन्टीले ब्याट्रीसम्बन्धी दीर्घकालीन सुनिश्चितता प्रदान गर्छ । नेपालभर ५० भन्दा बढी फास्ट–चार्जिङ स्थान र १० भन्दा बढी आधिकारिक सर्भिस सेन्टर रहेको कम्पनीको दाबी छ ।
नेपालगन्जमा नयाँ एक्सपेरियन्स सेन्टर उद्घाटनको अवसरमा कम्पनीले विशेष योजना पनि सार्वजनिक गरेको छ । असोज ३ गतेसम्म लागू हुने योजनाअन्तर्गत नगद खरिदमा ८ वर्षको विस्तारित ब्याट्री वारेन्टी, किस्ताबन्दीमा खरिद गर्दा शून्य ब्याजदरको वित्तीय सुविधा तथा पुरानो सवारी साट्दा थप ८ हजार रुपैयाँसम्मको मूल्यांकन लाभ उपलब्ध गराइनेछ ।
कम्पनीले नयाँ एक्सपेरियन्स सेन्टरमार्फत नेपालगन्ज तथा आसपासका ग्राहकलाई स्कुटर खरिदअघि उत्पादनको प्रत्यक्ष अनुभव, टेस्ट राइड, चार्जिङ सुविधा, स्वामित्व तथा बिक्रीपछिको सेवासम्बन्धी जानकारी एउटै स्थानबाट उपलब्ध गराउने जनाएको छ ।
प्रतिक्रिया