टीभीएसको ‘गोल्डेन की’ दशैं योजना सार्वजनिक, १० लाखसम्म नगद छुट र १०० प्रतिशतसम्म क्यासब्याक

सोमबार, २९ भदौ २०८३, १५ : ०३

काठमाडौं- टीभीएस नेपालले दशैंलाई लक्षित गर्दै विशेष चाडपर्व योजना ‘टीभीएस गोल्डेन की’ सार्वजनिक गरेको छ । नेपालका लागि टीभीएस दुईपांग्रे सवारीसाधनको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रालिले ल्याएको योजनामा मोटरसाइकल वा स्कुटर खरिद गर्ने प्रत्येक ग्राहकले निश्चित पुरस्कार पाउने व्यवस्था गरिएको छ ।

योजनाअन्तर्गत टीभीएसका कुनै पनि मोटरसाइकल वा स्कुटर खरिद गर्ने ग्राहकले १० लाख रुपैयाँसम्मको नगद छुट, गोल्ड की वा खरिद मूल्यको १०० प्रतिशतसम्म क्यासब्याकमध्ये कुनै एक निश्चित पुरस्कार प्राप्त गर्नेछन् । हरेक खरिदमा निश्चित पुरस्कार सुनिश्चित गरिएकाले यसपटकको चाडपर्वमा टीभीएसको सवारीसाधन खरिदलाई थप आकर्षक बनाउने कम्पनीले जनाएको छ ।

योजनाअन्तर्गत ग्राहकले दैनिक लक्की ड्रमार्फत थप पुरस्कार जित्ने अवसरसमेत पाउनेछन् । दैनिक दुई जना ग्राहकले ५ वर्षसम्मको निःशुल्क सर्भिसिङ जित्न सक्ने कम्पनीले जनाएको छ । यसले सवारीसाधन खरिदपछि पनि ग्राहकलाई दीर्घकालीन सेवा सुविधा प्राप्त हुने कम्पनीको भनाइ छ ।

त्यस्तै, नयाँ टीभीएस मोटरसाइकल वा स्कुटर खरिद गर्न चाहने ग्राहकका लागि सहज फाइनान्स सुविधा पनि उपलब्ध गराइएको छ । सम्बन्धित नियम तथा सर्तअनुसार ग्राहकले यो सुविधा प्राप्त गर्न सक्नेछन् ।

योजना सार्वजनिक गर्दै जगदम्बा मोटर्सका उपाध्यक्ष दीपक रौनियारले दशैं नयाँ सुरुवात र पारिवारिक खुसीको पर्व भएकाले ग्राहकको चाडपर्वलाई थप विशेष बनाउन योजना ल्याइएको बताए । ‘टीभीएस गोल्डेन की’मार्फत प्रत्येक ग्राहकले निश्चित पुरस्कार पाउने र दैनिक लक्की ड्रमार्फत दीर्घकालीन सर्भिस लाभ जित्ने अतिरिक्त अवसरसमेत उपलब्ध गराइएको उनले बताए ।

जगदम्बा मोटर्सका कार्यकारी निर्देशक अखिल गुप्ताले ग्राहकलाई थप मूल्य र उपयोगी लाभ उपलब्ध गराउने उद्देश्यले योजना ल्याइएको बताए । निश्चित पुरस्कार, दैनिक लक्की ड्र र सहज फाइनान्स सुविधाले टीभीएसका दुईपांग्रे सवारीसाधनको स्वामित्वलाई थप सहज र लाभदायी बनाउने उनको भनाइ छ ।

नेपालमा टीभीएस मोटर कम्पनीको आधिकारिक वितरक जगदम्बा मोटर्सले राष्ट्रव्यापी बिक्री तथा सेवा सञ्जालमार्फत दुईपांग्रे सवारीसाधन बिक्री तथा बिक्रीपछिको सेवा उपलब्ध गराउँदै आएको छ । कम्पनीले नवीन प्रविधि र गुणस्तरीय सवारीसाधनमार्फत नेपालको विद्युतीय तथा पेट्रोलियम दुईपांग्रे सवारी बजारमा आफ्नो उपस्थिति विस्तार गर्दै आएको छ । टीभीएस गोल्डेन की’ योजनाका नियम तथा सर्तहरू लागू हुने टीभीएस नेपालले जनाएको छ । 

सोमबार, २९ भदौ २०८३, १५ : ०३

प्रतिक्रिया