समग्र अर्थतन्त्रको पुनर्संरचनामा केन्द्रित हुन महासचिव पोखरेलको ध्यानाकर्षण

मंगलबार, ३० भदौ २०८३, ०८ : ५७

 काठमाडौं - नेकपा एमालेका महासचिव शंकर पोखरेलले लगानी, उद्यम र व्यापारमैत्री वातावरणको सुनिश्चितताबिना पुँजी बजारमा सुधार सम्भव नरहेको बताएका छन् । समग्र अर्थतन्त्र चलायमान नभइ पुँजी बजार उकालो लाग्न नसक्ने उनको जिकिर छ। 

मंगलबार सामाजिक सञ्जालमा महासचिव पोखरेलले यस्तो बताएका हुन्। अर्थतन्त्रको सुधारसँग नजोडेसम्म पुँजी बजार सुधारको छुट्टै कार्ययोजनाको कुनै अर्थ नहुने उनको भनाइ छ।

‘लगानी, उद्यम र व्यापारमैत्री वातावरणको सुनिश्चितताबिना पूँजी बजारमा सुधार असम्भव छ,’ उनले भनेका छन्, ‘पुँजी बजार सुधारको छुट्टै कार्ययोजनाको तबसम्म कुनै अर्थ हुँदैन, जबसम्म यसलाई समग्र अर्थतन्त्रको सुधारसँग जोडिँदैन।
ुदेशका अर्थमन्त्रीको ध्यान एकाङ्गी योजनामा होइन, समग्र अर्थतन्त्रको पुनर्संरचनामा केन्द्रित हुनुपर्छ, उनले भने, ‘समग्र अर्थतन्त्र चलायमान नभई पूँजी बजार उकालो लाग्न सक्दैन।’

मंगलबार, ३० भदौ २०८३, ०८ : ५७

प्रतिक्रिया