नेपाली काङ्ग्रेस धादिङ क्षेत्र नं . २ प्रदेश १(क) को सभापतिमा बसन्त परियार निर्बाचित

आइतबार, ०६ मंसिर २०८३, १२ : ३४

काठमाडौं- नेपाली काङ्ग्रेस धादिङ क्षेत्र नं . २ प्रदेश १९क० को सभापतिमा बसन्त परियार सर्बसम्मत चयन भएका छन् ।

नेपाली कांग्रेस धादिङको देउवा पक्षले प्रदेशसभार प्रतिनिधि सभा क्षेत्रिय अधिबेशन असोज २४ गते उद्घाटन भएको थियो । कार्यक्रममा प्रमुख अतिथि नेपाली कांग्रेसका नेता तथा पुर्व अर्थमन्त्री प्रकाशशरण महत र क्षेत्रीय संयोजक  रामकृष्ण अधिकारीको सभापतित्वमा भएको कार्यक्रममा पार्टीका अग्रज नेतागण, जिल्ला तथा स्थानीय तहका पदाधिकारी, नेता–कार्यकर्ता, भ्रातृ तथा शुभेच्छुक संस्थाका प्रतिनिधि एवं उपस्थित सम्पूर्ण महानुभावहरूको गरिमामय उपस्थितमा उद्घाटन सम्पन्न भएको थियोे ।

सम्पन्न प्रदेश सभा अधिवेशनबाट निम्न अनुसार सर्बसम्मत कार्यसमिति चयन गरिएको छ ।

सभापतिमा बसन्त परियार, उपसभापतिमा बिक्रम तामाङ र गङ्गादेवी काप्री, सचिवमा रोजन कडेल र पवन पोखरेल, सहसचिवमा भवनाथ लम्साल, कोषाध्यक्षमा मोहनलाल श्रेष्ठ र सदस्यहरुमा नारायण श्रेष्ठ, पूर्णमान बराइली, रामकृष्ण रम्तेल, ठगबहादुर आले, शान्ती अधिकारी र बद्री प्रसाद कोईराला निर्बाचित भएका छन् ।

कार्यसमितिमा केहि थप गर्न बाकी रहेको नवनिर्बाचित सभापति वसन्त परियारले जानकारी दिए ।

अधिवेशनले बागमती प्रदेश प्रतिनिधिहरु निम्न अनुसार सर्बसम्मत चयन गरिएको छ ।

बसन्त परियार, बिक्रम तामाङ , गङ्गादेवी काप्री, रोजन कडेल, पवन पोखरेल, भवनाथ लम्साल, मोहनलाल श्रेष्ठ, नारायण श्रेष्ठ, पूर्णमान बराइली, रामकृष्ण रम्तेल, ठगबहादुर आले, शान्ती अधिकारी, बद्री प्रसाद कोईराला, सुजन लम्साल, रविन बुढाथोकी, राजकुमार अधिकारी, परशुराम सापकोटा, मिना बिश्वकर्मा, जानुका श्रेष्ठ, सिताराम गुरुङ, सुर प्रसाद अधिकारी, सिताराम पोखरेल, स्याम गोदार र पवन पोखरेल चयन भएका छन् ।

आइतबार, ०६ मंसिर २०८३, १२ : ३४

प्रतिक्रिया